भारतीय प्रधानमन्त्री रुपमा मोदीले गरे ५६ वर्षपछि गुयानाको भ्रमण



जर्जटाउन— भारतीयय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा गरेको गुयाना भ्रमणलाई दुई देशहरू बीचको सम्बन्धको लागि ‘महत्वपूर्ण कोसेढुङ्गा’ भएको बताएका छन् ।

न्यानो स्वागतका लागि गुयानाका राष्ट्रपति इरफान अलीप्रति कृतज्ञता व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले २४ वर्ष पहिला नागरिकको रूपमा भ्रमण गरेको स्मरण गरे ।

गुयानाका राष्ट्रपति इरफान अलीसँगको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘म भव्य स्वागतका लागि राष्ट्रपति डा इरफान अलीलाई धन्यवाद दिन्छु। ५६ वर्षपछि भारतीय प्रधानमन्त्री आउनु एउटा महत्वपूर्ण कोसेढुङ्गा हो । गुयानासँग मेरो व्यक्तिगत सम्बन्ध छ। २४ वर्षअघि एक साधारण नागरिकको हैसियतमा यहाँ आउने अवसर पाएँ । आज यहाँ प्रधानमन्त्रीको हैसियतमा आउन पाउँदा म भाग्यमानी भएको छु ।”

उनले थपे, ‘राष्ट्रपति इरफान अलीको भारतसँग विशेष सम्बन्ध छ। उनी गत वर्ष प्रवासी भारतीय दिवसमा सहभागी भएका थिए । उहाँको भ्रमणले हामीलाई हाम्रो सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन प्रेरित गर्‍यो।’

मोदीले दुवै देशले जलवायु न्यायको साझा प्राथमिकतालाई जोड दिँदै सबै क्षेत्रमा प्रगतिका लागि प्रयास जारी राख्ने वाचा गरेका छन् ।

‘हाम्रो सम्बन्ध १८० वर्षअघि गुयानामा भारतबाट आएकाहरूले स्थापित गरेका थिए। आज, भारतीय समुदायले गुयानाको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन्,’ भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् ।

यसअघि प्रधानमन्त्री मोदी र गुयानाका राष्ट्रपति अलीले भारत र गुयानाबीच भएको समझदारीपत्र आदानप्रदानको सहभागी भए। उनले गुयानाको राजधानी जर्जटाउनमा प्रतिनिधिमण्डलस्तरीय वार्ता पनि गरे।

प्रधानमन्त्री मोदी गुयाना पुग्ने ५६ वर्षमा पहिलो भारतीय प्रधानमन्त्री बनेका छन्। मोदीलाई स्वागत गर्दै गार्ड अफ अनरको सम्मान पनि दिइएको थियो।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ९ : ४१ बजे