सरकारले सवारी चालकको जाँचमा अझ कडाइ गर्ने भएको छ।
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकले बोलाएको दुर्घटना न्यूनीकरणसम्बन्धी बैठकले सो निर्णय गरेको हो।
सवारी दुर्घटना नियन्त्रणका लागि सवारी चालकहरूले मादक पदार्थ, लागु पदार्थ सेवन गर्न नदिन लागि चेकजाँचमा कडाइ गर्ने निर्णय गरिएको हो ।
त्यसैगरी बैठकले यातायात व्यवसायीहरूलाई पनि सवारी चालकलाई आवश्यक तालिमको तत्काल व्यवस्था मिलाउन सचेत गराएको छ। सवारी दुर्घटना नियन्त्रणका लागि सिटभन्दा बढी यात्रु नराख्ने, यात्रुवाहक सवारी साधनमा मालसामान ढुवानी गर्न नहुनेलगायतका निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरिएको छ।
प्रतिक्रिया