अष्ट्रेलियाको भिक्टोरियामा एक तालको नाम परिवर्तन गरी गुरु नानक तालको रुपमा नामाकरण



भिक्टोरिया— अष्ट्रेलियाको भिक्टोरियाको एलन लेबर सरकारले सिख धर्मका संस्थापक गुरु नानक देव जीको सम्मानमा बर्विक स्प्रिंग्समा नयाँ सामुदायिक स्थलचिह्न, ‘गुरु नानक ताल’ अनावरण गरेको छ।

थप रूपमा, गुरु नानकको ५५५ औं जन्मजयन्ती समारोहको लागि भिक्टोरियाभरि लङ्गर कार्यक्रमहरूको लागि ६ लाख अमेरिकी डलर छुट्याइएको थियो ।

नाम परिवर्तन र कोषको घोषणा गर्दै, बहुसांस्कृतिक मामिला मन्त्री इन्ग्रिड स्टिटले भिक्टोरियाको सिख समुदायको योगदानलाई मान्यता दिनु पर्ने महत्त्वमा जोड दिए।

‘सिख धर्मका संस्थापक गुरु नानकको नाममा एउटा ल्यान्डमार्क नामकरण गरेर भिक्टोरियामा हाम्रो सिख समुदायको महत्वपूर्ण योगदानलाई मान्यता दिन पाउँदा म खुसी छु,’ उनले भनिन्।

भिक्टोरियामा मात्रस ९१ हजार सिख जनसंख्या रहेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ८ : ३१ बजे