क्यानडाद्वारा ताइवानको सार्वभौमसत्तामाथिको चीनको दाबीलाई अस्वीकार गर्दै प्रस्ताव पारित



टोरोन्टो— क्यानडाको हाउस अफ कमन्सले ताइवानमाथि चीनको सार्वभौमसत्ताको दाबीलाई सर्वसम्मतिले अस्वीकार गर्ने प्रस्ताव पारित गरेको छ। ब्लक क्वेबेकोइसका अध्यक्ष यवेस पेरोनले पेश गरेको यो प्रस्तावले संयुक्त राष्ट्र संघको प्रस्ताव २७५८ ले ताइवानमाथि जनवादी गणतन्त्र चीन को सार्वभौमसत्ता प्रदान गरेको छ भने यस प्रस्ताबले संयुक्त राष्ट्रमा ताइवानको भविष्यको सहभागिता निर्धारण गरेको छ।

ताइपेई टाइम्सका अनुसार, नोभेम्बर ७ मा बसेको बैठकमा क्यानडाका सबै राजनीतिक दलहरूले प्रस्तावमा सहमति जनाएका थिए। फ्रान्सेली भाषामा प्रस्ताव प्रस्तुत गर्दा पेरोनले क्यानडा र ताइवानले आर्थिक र सांस्कृतिक आदानप्रदान बढ्दै आफ्नो द्विपक्षीय सम्बन्धलाई बलियो बनाइरहेका छन्। दुई राष्ट्रले व्यापार, लगानी, प्रविधि, शिक्षा, युवा आदानप्रदान, उद्योग, कला, संस्कृति, आदिवासी जनजाति जस्ता विभिन्न क्षेत्रमा सहयोग गरिरहेका छन्।

पेरोनले प्रस्तावको नतिजा सकारात्मक र क्यानाडाको विदेश नीति अनुरूप रहेको उल्लेख गर्दै क्यानडाको हाउस अफ कमन्सका सदस्यहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन लगायतका विश्वव्यापी संगठनहरूमा ताइवानको अर्थपूर्ण सहभागिताको वकालत गरिरहने कुरा उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय निकायहरूमा ताइवानको बढ्दो उपस्थिति महत्त्वपूर्ण भएको विश्वास व्यक्त गरे।

यो प्रस्ताव चीनको दबाबको बाबजुद पनि विश्वव्यापी मामिलामा ताइवानको सहभागितालाई समर्थन गर्ने क्यानडाको अडानको स्पष्ट संकेत हो।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ८ : २८ बजे