भारतद्वारा कूटनीतिज्ञहरूलाई हिंसात्मक अपराधमा जोड्ने नक्कली मेमोको निन्दा



नयाँ दिल्ली— भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जालमा फैलिएको एक गोप्य ज्ञापनपत्रको निन्दा गरेको छ । भारतले यसलाई मनगढन्ते र नकल्लीको संज्ञा दिएको छ । यस ज्ञापनपत्रको भ्रामक रूपमा भारतीय कूटनीतिज्ञहरू र विदेशमा हिंसात्मक अपराधहरू बीचको सम्बन्धको दाबी गरेको छ ।

मन्त्रालयको विदेश प्रचार तथा सार्वजनिक कूटनीति महाशाखाले उक्त कागजातलाई नक्कली भन्दै भारत सरकारले त्यस्तो कुनै सूचना जारी नगरेको पुष्टि गरेको छ । नक्कली मेमोले भारतीय कूटनीतिज्ञहरूले क्यानाडामा भारतीय डायस्पोरा समूहहरूलाई सिख चरमपन्थीहरू विरुद्ध संलग्न गराउनु पर्छ भन्ने सुझाव दिएको लेखेको छ ।

विशेष गरी ओन्टारियोको ब्राम्पटनमा एक हिन्दू मन्दिरमा आक्रमण पछि यो घटना तनावग्रस्त भारत—क्यानडा सम्बन्धको बीचमा उत्पन्न भएको हो। भारतले निज्जर हत्यामा भारतीय कूटनीतिज्ञ संलग्न भएको क्यानडाको दाबीलाई अस्वीकार गर्दै यसलाई क्यानडाको राजनीतिक एजेन्डाको हिस्सा भनेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ८ : २७ बजे