आर्थिक ऐन २०२३ र गहुँको कोटा घटाउने प्रशासनिक निर्णयको विरुद्धमा पाकिस्तानको पीओजीबीमा विरोध प्रर्दशन



यासीन— अवामी एक्शन कमिटी (एएसी)ले पाकिस्तान नियन्त्रित गिलगिट—बाल्टिस्तान (पीओजीबी) मा अवस्थित यासीन उपत्यकामा आर्थिक ऐन २०२३ र गहुँको कोटा घटाउने प्रशासनिक निर्णय विरुद्धमा विरोध प्रदर्शन गरेको छ।

यो विरोध पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफको पीओजीबी भ्रमणको पूर्वसन्ध्यामा भएको हो ।

‘सरकार अहिले किन यहाँ आउँदैछरु हामीले न्याय र गहुँ अनुदान सम्बन्धी मुद्दाहरू उठाएपछि कोही पनि हामीलाई सहयोग गर्न आएनन्। जीबी सभाका सबै सदस्यहरू पाकिस्तानप्रति वफादार छन्, तैपनि उनीहरूले अरूलाई खुसी पार्न हाम्रा स्रोतहरू प्रयोग गरिरहन्छन्। हाम्रा जनताका लागि निर्णय गर्नुहोस्।’, एक प्रर्दशनकारीले भने ।

उनीहरुले दुवै नीति तत्काल खारेज गर्न माग गरेका छन् । आर्थिक ऐन २०२३ ले यसको बढ्दो कर र थप आर्थिक बोझले विशेषगरी ग्रामीण र अविकसित क्षेत्रका सर्वसाधारणको जीविकोपार्जनमा गम्भीर असर पारेको आन्दोलनकारीहरूले तर्क गरे।

अर्को प्रदर्शनकारीले कठपुतली सरकारको सहयोगमा यस क्षेत्रका बासिन्दाहरूको जीवनलाई कष्टकर बनाएकाे आरोप लगाएका छन् ।

प्रदर्शनले गहुँ अनुदानको मुद्दालाई पनि उजागर गरेको छ । प्रदर्शनकारीहरूले प्रशासनिक प्रक्रियाहरू पालना गरे पनि गहुँको विनियोजन घटेका कारण यस क्षेत्रका किसानहरू समस्यामा परेकोमा जोड दिए। धेरै प्रदर्शनकारीहरू, जो किसान र मजदुर थिए, दुवैले कृषि नीति र वित्तीय उपायहरूमा तत्काल सुधारको लागि आह्वान गरे।

उनीहरुले खाद्य सुरक्षामा बढ्दो चिन्ता र बिग्रँदै गएको आर्थिक संकटलाई सम्बोधन गर्न सरकारसँग तत्काल वार्ता गर्न पनि माग गरेका छन्

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १२ : ४९ बजे