चिनियाँ इन्टरनेट प्रयोगकर्ताद्वारा ट्रम्पको दोस्रो कार्यकालमा चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण हुने विश्लेषण



बेइजिङ— अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको निर्णायक विजयपछि चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूले अमेरिका र चीनबीचको व्यापारमा तनाव बढ्ने अनुमान गरेका छन् ।

भ्वाइस अफ अमेरिका ट्रम्पले आफ्नो राष्ट्रपतिको चुनावी अभियानमा बारम्बार चिनियाँ सामानमा ६० प्रतिशतदेखि २०० प्रतिशतसम्म कर लगाउने वाचा गरेका थिए। फेब्रुअरी ४ मा फक्स न्युजसँगको अन्तर्वार्तामा उनले चिनियाँ आयातमा ६० प्रतिशतभन्दा बढी कर लागु गर्ने तर चीनसँगको व्यापार युद्ध सुरु गर्ने आफ्नो मनसाय नभएको स्पष्ट पारेका थिए

द वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा ट्रम्पले यदि बेइजिङले ताइवानमा हस्तक्षेप जारी राखे चिनियाँ सामानमा १५० देखि २०० प्रतिशतसम्म कर लगाउने उल्लेख गरेका थिए ।

चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूले ट्रम्पले चिनियाँ सामानहरूमा महत्त्वपूर्ण शुल्क लगाउने आफ्नो चुनावी वाचा पूरा गर्ने विश्वास लिएका छन्, यद्यपि यी करले चिनियाँ अर्थतन्त्र र उनीहरूको व्यक्तिगत जीवनलाई कसरी असर गर्नेछ भन्ने बारे राय विभाजित छन्।

चीनले हाल आर्थिक मन्दीको सामना गरिरहेको बेला, केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरू चिन्तित छन् कि ट्रम्पको ह्वाइट हाउसमा फिर्ताले सामान्य चिनियाँ नागरिकहरूमा आर्थिक तनाव बढाउन सक्छ।

ट्रम्पले चिनियाँ आयातमा लगाउने वाचा गरेको भन्सार शुल्कबारे चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूले फरक—फरक धारणा राखे पनि विश्लेषकहरूले यस्तो कदमले चीनको अर्थतन्त्रलाई “महत्त्वपूर्ण धक्का” दिन सक्ने चेतावनी दिएका छन्, जुन पहिले नै सम्पत्तिको सङ्कट, उच्च युवा बेरोजगारीको सामना गरिरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १२ : ४७ बजे