आजको मौसम पूर्वानुमान : पहाडका एक-दुई स्थानमा हल्का वर्षा, तराईमा हुस्सु



काठमाडौं – हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागले बिहीबार गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ। तराईका केही भागमा हल्का हुस्सु लागेको छ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ९ : ०९ बजे