हङकङ— हङकङका दुई श्रवण र आवाज (हेयरिङ एण्ड स्पीच थेरापी) केन्द्रको १ लाख ४८ हजार भन्दा बढी ग्राहकहरू र कर्मचारीहरूको व्यक्तिगत डेटा सार्वजनिक भएको गोपनीयता वाचडगले उल्लेख गरेको छ । ।
वाईडेक्स हङकङ हेयरिङ एण्ड स्पीच सेण्टर र यसको भ्रातु संस्था स्टेरी हेयरिङ एण्ड स्पीच सेण्टरले
जुलाई ५ मा र्यान्सवेयर आक्रमणको शिकार भएको उल्लेख गरेको छ । यस आक्रमणबाट आन्तरिक प्रणाली डेटा इन्क्रिप्ट गरिएको थियो र तिनीहरूको अनुप्रयोगहरूलाई असर गरेको थियो।
केन्द्रहरूले प्रभावित व्यक्तिहरूको संख्या खुलासा नगरेपनि गोपनीयता आयुक्तको कार्यालयले ३० देखि ५० वर्षका १ लाख ४८ हजार वर्तमान र पूर्व कर्मचारीहरू प्रभावित भएको उल्लेख गरेको छ ।
उक्त तथ्याङ्कहरू प्रभावित केन्द्रहरूले उपलब्ध गराएको प्रारम्भिक जानकारीमा आधारित रहेको र अन्तिम सङ्ख्या अझै अनुसन्धानमा रहेको वाचडगले जनाएको छ।
ग्राहकको नाम, जन्म मिति, ठेगानाहरू, फोन नम्बरहरू, अडियोलोजिष्टहरू र श्रवण यन्त्र रेकर्डहरू जस्ता कुराहरु सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया