ढाका— बंगलादेशको बन्दरगाह सहर चटगाउँमा इन्टरनेशनल सोसाइटी फर कृष्ण कन्सियसनेस (इस्कोन) को आलोचना गरेको फेसबुक पोस्टलाई लिएर तनावपूर्ण स्थितिका बीच हिन्दू समुदाय र कानून प्रवर्तन बलहरूबीच झडप भएको छ। सोही कारण मंगलबार राति प्रहरी र सेनाको संयुक्त टोलीले त्यहाँ अपरेशन गरेको थियो ।
‘एक स्थानीय मुस्लिम युवाले इस्कोनको आलोचना गर्दै फेसबुकमा पोस्ट अपलोड गरेका थिए । आक्रोशित हिन्दू समुदायका मानिसहरूले विरोध प्रदर्शन गरे र कानून लागू गर्ने निकायसँग झडप गरे। उनीहरुले प्रहरीमाथि इँटा र अन्य वस्तु प्रहार गरेका थिए । झडप पछि, पुलिस र सेना सहितका कानून प्रवर्तन निकायले संयुक्त अभियान सञ्चालन गरेको चटगाउँका एक स्थानीय रिपोर्टर सैफुद्दीन तुहिनले एएनआईलाई फोनमा बताएका छन् ।
‘उस्मान नामका एक स्थानीय युवाले इस्कोनलाई प्रतिबन्ध लगाउन माग गर्दै फेसबुकमा पोस्ट गरेका थिए। तनाव बढेपछि शान्ति सुरक्षा बल त्यहाँ गएको थियो । कानून प्रवर्तन निकायमाथि एसिड जस्ता केही फ्याँकिएको आरोप लगाइएको छ,’ हिन्दू समुदायका नेताले भने।
नेताले रातमा संयुक्त सेनाले हजारी गोलीमा छापा मारेर करिब १०० संदिग्धहरूलाई पक्राउ गरेको बताए । बंगला दैनिक, प्रथम आलोको रिपोर्ट अनुसार अपरेशनको क्रममा खाली गोली पनि चलाइएको थियो।
हालै केही व्यक्ति र समूहले बंगलादेशमा इस्कोनमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्। ढाकाका इस्कोन नेताहरूले भर्खरै अमर देशूका सम्पादक महमुदुर रहमानलाई इस्कोनलाई प्रतिबन्ध लगाउन माग गरेकोमा माफी माग्न आग्रह गरेका छन्। इन्किलाब मञ्च नामक समूहले इस्कोनलाई प्रतिबन्ध लगाउन माग गरेको छ।
बंगलादेशको १८० मिलियन जनसंख्याको लगभग ८ प्रतिशत हिन्दूहरूले परम्परागत रूपमा शेख हसिनाको अवामी लिग पार्टीलाई समर्थन गरेका छन्, जुन गत महिना कोटा विरोधी प्रदर्शनकारीहरू र सुरक्षा बलहरू बीचको हिंसात्मक झडप पछि प्रतिक्रियाको सामना गर्नु परेको छ।
अगस्ट ५ मा, विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनले हप्तौंसम्मको विरोध र झडपपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो जसमा ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। ७६ वर्षीया हसिना अगस्ट ५ मा भारत भागिन् भने नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।
प्रतिक्रिया