सतखिराः बंगलादेशको सतखीराको श्यामनगरस्थित जेशोरेश्वरी मन्दिरबाट कालीको मुकुट चोरी भएको छ ।
यो मुकुट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च, २०२१ मा मन्दिरको भ्रमणको क्रममा उपहार दिएको डेली स्टारले उल्लेख गरेको छ।
मन्दिरका पुजारी दिलीप मुखर्जी पूजा सकेर गएपछि अक्टोबर ५ तारिख बिहीबार दिउँसो २ बजे देखि २ बजेर ३० मिनेटको बीचमा चोरी भएको हो । डेली स्टार अनुसार मन्दिरका सफाई कर्मचारीहरूले देवीको टाउकोबाट मुकुट हराइरहेको फेला पारेका थिए ।
सुन र चाँदीले बनेको चोरीको मुकुटको सांस्कृतिक र धार्मिक महत्व रहेको छ ।
हिन्दू पौराणिक कथा अनुसार, भारत, नेपाल र छिमेकी देशहरूमा छरिएका ५१ शक्तिपीठहरू मध्ये जेशोरेश्वरी मन्दिर एक हो।
प्रधानमन्त्री मोदीले आफ्नो बंगलादेश भ्रमणको क्रममा मार्च २७, २०२१ मा जेशोरेश्वरी मन्दिरको दर्शन गरेका थिए। त्यस दिन, उनले प्रतीकात्मक रूपमा देवीको शिरमा मुकुट राखेका थिए।
जेशोरेश्वरी काली मन्दिर देवी कालीलाई समर्पित एक प्रसिद्ध हिन्दू मन्दिर हो । मन्दिर ईश्वरीपुरमा अवस्थित छ । यो मन्दिर १२ औं शताब्दीको उत्तरार्धमा अनारी नामक ब्राह्मणले बनाएको मानिन्छ।
हिन्दू पौराणिक कथा अनुसार ५१ पीठ मध्ये देवी सतीको हत्केला र खुट्टाको तल खसेको स्थानमा देवी जेशोरेश्वरीको वासस्थान र भगवान शिव चन्दको रुपमा प्रकट हुने स्थान ईश्वरीपुर मन्दिर हो ।
प्रतिक्रिया