पाकिस्तानमा ३२ पोलियोभाइरस संक्रमित फेला



इस्लामावाद— पाकिस्तानमा फेला परेका ३२ पोलियोभाइरस संक्रमित मध्ये, ७८ प्रतिशत भन्दा बढी पोलियोभाइरस संक्रमित बालबालिकाले यस वर्ष घर—घर पुगेर लगाइने पोलियो खोप नलिएको देखिएको छ ।

विभिन्न प्रदेशबाट पछिल्लो समय पोलियोका घटना देखिएपछि भएको प्रगतिको समीक्षा गर्न बसेको उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्रीका राष्ट्रिय स्वास्थ्य सेवा तथा नियमनसम्बन्धी संयोजक डा मुख्तार अहमद भरतले यस्तो बताएका हुन् । बैठकमा संघीय स्वास्थ्य सचिव नदीम महबुब, पोलियो कार्यक्रमका राष्ट्रिय तथा प्रदेश संयोजकहरुका साथै अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यस वर्षको पोलियो प्रकोपलाई रोक्न यो वर्ष घर—घर पुगेर पोलियो खोप लगाउने अभियानमा २० जना बालबालिकाले नियमित खोप नपाएको र थप पाँच बालबालिकाले खोपको खुराक छुटेको जानकारी डा भरतले भने।

डा भरतले नियमित खोप नपाएका बालबालिकाहरूमा गम्भीर रोगको सिकार भएको बताए । यसको विपरित, खोपको अपर्याप्त डोज प्राप्त गर्ने बच्चाहरू अझै पनि भाइरसको लागि संवेदनशील रहेको उनले बताए ।

सन् २०२१ मा पाकिस्तानमा लगभग पोलियोउन्मूलनको चरणमा पुगेको थियो । तर त्यसको झण्डै १५ महिनासम्म कुनै पोलियो केस नभेटिएपछि दक्षिण खैबर पख्तुनख्वा प्रान्तमा २०२२ मा २० जनामा पोलियो संक्रमण ​​देखापरेको थियो । यो संक्रमण अहिलेपनि पाकिस्तान र सीमापार अफगानिस्तानमा पनि निरन्तर फैलिरहेको छ ।

३२ पोलियो संक्रमण मध्ये बलुचिस्तान प्रान्तमा १६, सिन्धमा १०, खैबर पख्तुनख्वामा चार र पञ्जाब र इस्लामाबादबाट एक—एक जना संक्रमित भेटिएको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १० : २७ बजे