वाशिंगटन— चीनको मानवअधिकार उल्लङ्घनको निन्दा गर्ने वा नकारात्मक रूपमा चित्रण गर्ने भिडियोहरू टिकटकमा अन्य सामाजिक सञ्चालहरू भन्दा फेला पार्न गाह्रो रहेको एक अध्ययनले देखाएको छ ।
प्रयोगकर्ताहरूले मुख्य शब्द वा वाक्यांशहरू खोज्दा चीन विरोधी साम्रगी नभेटिएको उल्लेख गरिएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको प्रचारमा प्रयोग हुने शब्दहरू— तियानमेन, तिब्बत, र उइघुर जस्ता शब्दहरू खोज्ने अमेरिकी टिकटक प्रयोगकर्ताहरूले इन्स्टाग्राम र युट्युबमा भन्दा कम सामग्री भेटिएको अनुभव बताएका छन् । । । रुटगर विश्वविद्यालयको नेटवर्क संक्रमण अनुसन्धान संस्थान को एक नयाँ अध्ययनको लागि बाइटडान्स को स्वामित्वमा रहेको टिकटक, फेसबुक, यूट्युबमा २४ नयाँ अकाउण्टहरु खोलेका थिए ।
चीनको मानवअधिकार हननसँग सम्बन्धित शब्दहरू खोज्दा, टिकटकको एल्गोरिदमले इन्स्टाग्राम र युट्युब दुवैको तुलनामा सकारात्मक, तटस्थ वा अप्रासंगिक सामग्रीको उच्च रुपमा आएको अध्ययनले देखाएको छ।
बेइजिङस्थित कम्पनीको स्वामित्वमा रहेको टिकटकले सामाजिक सञ्जाल एपमा चिनियाँ सरकारको प्रभाव र राष्ट्रिय सुरक्षामा पर्ने सम्भावित खतराबारे चिन्तित अमेरिकी सांसद र नियामकहरूबाट गहन छानबिनको सामना गर्नु परेको छ। यस वर्षको सुरुमा, राष्ट्रपति जो बिडेनले बाइटडान्सलाई जनवरी १९ सम्ममा एप बेच्न वा अमेरिकामा प्रतिबन्धको सामना गर्न बाध्य पार्ने कानूनमा हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया