लाहोर— पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी)ले हालै खैबर पख्तुनख्वामा बिग्रिएको सुरक्षा अवस्थाको निन्दा गर्दै सरकारलाई अतिवादसँग लड्न र नागरिकहरूको जीवन र अधिकारको रक्षा गर्न आग्रह गरेको छ ।
समाचार अनुसार केही हप्ता मात्रै खैबर पख्तुनख्वामा भएको आक्रमणमा परि एक प्रहरीको मृत्यु भएको थियो । यसको साथै डेरा इस्माइल खानमा पोलियो खोप खुवाउने एक स्वास्थ्यकर्मीलाई अपहरण गरिएको थियो भने नासिर बाग र बाजौरमा प्रहरीहरूमाथि हमला गरिएको थियो ।
यसअघि सेप्टेम्बर २८ मा स्वात जिल्लाको मिङ्गोरामा ठूलो समूहले आतंकवादको विरोधमा र सैन्य कारबाहीको विरोध गर्न र्याली निकालेको थियो।
एचआरसीपीले बारम्बार संघीय र प्रान्तीय सरकारहरूलाई सैन्य कारबाही खैबर पख्तुनख्वाको सुरक्षा समस्याहरूको समाधान नभएको चेतावनी दिएको छ । उनीहरुले तालिमप्राप्त र सुसज्जित नागरिक सेनाले शान्ति सुरक्षा कायम गर्नुपर्ने र हिंसामा संलग्नलाई कानूनको कठघरामा ल्याउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया