जर्मनीद्वारा विमानस्थलको विवरण दिएको आरोपमा चिनियाँ महिला पक्राउ



बर्लिन— जर्मन अधिकारीहरूले एक चिनियाँ नागरिकलाई चीनको लागि जासुसी गरेको आशंकामा एक व्यक्तिलाई प्रक्राउ गरेको छ । उनलाई जर्मनीमा रहेको प्रमुख विमानस्थलको बारेमा जानकारी दिने गरेको आरोप लगाइएको छ ।

याकी एक्स भनेर चिनिने महिलालाई पूर्वी शहर लाइपजिगमा पक्राउ गरिएको थियो। उनी चिनियाँ गुप्तचर सेवाका लागि काम गरिरहेको आशंका गरिएको छ । उनले विशेष गरी उडान, सैन्य उपकरण र यात्रुलगायतका मालवाहक सम्बन्धी जानकारी चीनलाई उपलब्ध गराएको आरोप लगाइएको छ ।

अदालतले याकी एक्सलाई सम्भावित अभियोगको लागि हिरासतमा राख्न आदेश दिएको छ । उनको फ्ल्याट र कार्यस्थलको खोजी गरिएको थियो । उनले सूचना पठाउने जियान गुओको बारेमा विशेष अनुसन्धान भइरहेको बताइएको छ ।

गुओलाई चिनियाँ गुप्तचर सेवाका लागि काम गरेको र युरोपेली संसदमा वार्ता र निर्णयहरूको जानकारी बारम्बार पठाएको आरोप छ। उनीहरूले जर्मनीमा चिनियाँ असन्तुष्टहरूलाई पनि जासूस गरेको आरोप लगाए।

बर्लिन स्थित चिनियाँ दूतावासले यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन् ।

जर्मनीका प्रधानमन्त्री (जसलाई चान्सलर भन्ने गरिन्छ) ओलाफ स्कोल्जले चीनसँगको जर्मनीको आर्थिक सम्बन्धलाई जोखिममुक्त गर्ने रणनीतिको बारेमा कदम चालेपछि दुई देशबीच तनावको अवस्था सृजना भएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १० : २२ बजे