इस्लामावाद— पाकिस्तानमा ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) संक्रमितको संख्यामा उल्लेख्य वृद्धि देखिरहेको छ, जसले स्वास्थ्य अधिकारीहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका लागि चिन्ताको विषय बनेको छ ।
हालैको एचआईभी संक्रमितको सख्यामा भएको वृद्धिले दक्षिणपूर्वी सिन्ध प्रान्तमा भएको सन्२०१९ को एचआईभी प्रकोपबाट देशले कुनै पाठ नसिकेको कुरा उजागर गरेको छ ।
त्यतिबेला सिन्ध प्रान्तमा ८९५ व्यक्ति एचआइभी संक्रमित भएका थिए, जसमध्ये जसमा ८० प्रतिशत बालबालिकाहरू रहेका थिए।
स्थानीय सञ्चारमाध्यमका समाचार अनुसार पछिल्ला केही वर्षहरूमा पाकिस्तानमा एचआईभी संक्रमणमा उल्लेखनीय वृद्धि देखिएको छ । अपर्याप्त स्वास्थ्य सेवा पूर्वाधार, चेतनाको कमी, असुरक्षित चिकित्सा अभ्यासहरू सहित धेरै कारणले गर्दा पाकिस्तानमा एचआईभीको संक्रमण बढिरहेको बताइएको छ ।
पाकिस्तानको प्रमुख अङ्ग्रेजी दैनिक डनमा प्रकाशित सम्पादकीयका अनुसार सरकारले आफ्ना जनतालाई प्राथमिकतामा राख्न नसक्नु, स्वास्थ्यसम्बन्धी पूर्वाधार र स्वास्थ्यकर्मीहरूबीचको अज्ञानताले पाकिस्तानमा एचआईभीको संक्रमण बढिरहेको उल्लेख गरेको छ।
नेशनल एड्स कन्ट्रोल प्रोग्राम र विश्व स्वास्थ्य संगठनको हालैको तथ्याङ्क अनुसार पाकिस्तानमा २ लाख २० हजार भन्दा बढी नागरिक एचआईभीबाट संक्रमित भएका छन् । त्यस्तै, प्रत्येक वर्ष १ हजार भन्दा बढी नयाँ संक्रमित थपिरहेका छन् ।
विभिन्न अध्ययन अनुसार सिन्ध र पञ्जाब प्रान्तहरूमा एचआईभीबाट संक्रमित सबैभन्दा बढी रहेका छन् । यस प्रान्तका केही क्षेत्रहरूमा स्थानीय रुपमा प्रकोपको रुपमा देखिएका छन्।
असुरक्षित इन्जेक्शन, असुरक्षित यौन सम्पर्क, र असुरक्षित रगत जाँच विधिबाट पनि पाकिस्तानमा एचआईभीको संक्रमण भएको देखिएको छ ।
यद्यपि, केही संख्यामा संक्रमण देखिए पनि यो संक्रमण दिनहुँ फैलिरहेको हुँदा यसले महामारी लिन सक्ने सम्भावनाले सबैमा चिन्ता बढाएको छ ।
सामुदायिक स्वास्थ्य विशेषज्ञहरूले पाकिस्तानमा असुरक्षित चिकित्सा विधिकै कारण एचआईभीको बढ्दो संक्रमण भइरहेको बताएका छन् ।
थप रूपमा, सिरिन्जका कारण पाकिस्तानमा एचआईभी फैलाउन योगदान दिने प्रमुख कारक बनेको छ।
प्रतिक्रिया