भारतीय शेयर बजार एक हप्तामा नै २३,६०० करोड विदेशी लगानी भित्रियो



नयाँ दिल्ली— भारतीय शेयर बजारमा विदेशी लगानीकर्ता (एफपीआई) को लगानी सेप्टेम्बर २३ देखि सेप्टेम्बर २७ मा उच्च देखिएको छ । यी दिनमा कुल २३,६५९ दशमलव ५५ करोड विदेशी लगानी भित्रिएको भारतको नेशनल सेक्युरिटीज डिपोजिटरी लिमिटेड (एनएसडीएल) तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार, सेप्टेम्बर २३ (सोमबार) मा सबैभन्दा बढी विदेशी लगानी प्रवाह भएको थियो । यो दिन १५,१८१ करोड लगानी भित्रिएको थियो । त्यस्तै, सेयर कारोबारको अन्तिम दिन सेप्टेम्बर २७ (शुक्रबार) ८,५३७ करोड भएको थियो ।

अमेरिकी सरकारले ब्याजदर घटाएपछि भारतीय बजारमा तरलता प्रवाह बढेको छ । विदेशी लगानीकर्ताहरूको निरन्तर लगानीले भारतको स्टक बजारमा बढ्दो विश्वासलाई उजागर गरेको छ ।

यसअघि, भारतीय शेयर बजारमा अगस्टमा विदेशी लगानी घटेर ७,३२२ करोडमा झरेको थियो, जुन पछिल्लो तीन महिनामा सबैभन्दा कम मासिक लगानी हो।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : ३८ बजे