बालबालिका माथि हुने खर्च कम गर्न निजी ट्युसनमा प्रतिबन्ध लगाउने चीनको निर्णयको गलत साबित



बेइजिङ— बालबालिका माथि हुने खर्च कम गर्न निजी ट्युसनमा प्रतिबन्ध लगाउने चीनको निर्णयको गलत साबित भएको छ ।

यस प्रतिबन्धले ट्युसन क्षेत्रमा कालोबजारी बढेको छ भने अभिभावक र शिक्षकहरू आर्थिक चपेटामा परेका छन् । यद्यपी निजी शिक्षकहरूको माग चीन बढीरहेको छ।

यो प्रतिबन्धले विद्यालयका विषयहरूमा निजी शिक्षण प्रतिबन्ध लगाएको थियो। तर, लक्ष्यमा पुग्नुको सट्टा निजी शिक्षकको अभावमा महँगो खर्चले भूमिगत बजारमा विद्यार्थीलाई दिइने शिक्षाको गुणस्तरमा चिन्ता बढेको अभिभावकहरूले औँल्याएको स्ट्रेट टाइम्सले उल्लेख गरेको छ।

जो पानले पहिले आफ्नो एक मात्र छोराको ट्युसन कक्षाको प्रत्येक घण्टाको लागि ३०० युआन (करिब ४३ अमेरिकी डलर) खर्च गर्थे तर अब प्रतिबन्ध पछि १५० युआन (लगभग २२ अमेरिकी डलर) थप खर्च गर्नु परेको बताएका छन् ।

४३ वर्षका र हाल बेइजिङमा बस्दै आएका पानले भने, ‘प्रतिबन्ध लगाउनुअघि हामी ठूला ट्युटरिङ ब्रान्डहरूको समूह कक्षाहरूमा भर पर्न सक्छौँ वा ट्युटरहरूको फराकिलो छनोटमा पहुँच राख्न सक्छौँ। तर अहिले व्यक्तिगत चिनजानको भरमा शिक्षक खोजी गरिरहेका छौ ।’

चिनियाँ अभिभावकहरूले पनि ट्युसनको माग गरिरहेका छन्, जुन गैरकानूनी मानिएको छ, जसले शिक्षकहरूको थप अभाव भएको छ।

स्ट्रेट टाइम्सको रिपोर्टका अनुसार चीनमा शैक्षिक योग्यतालाई चिनियाँ बालबालिकाको लागि अत्यन्त प्रतिस्पर्धात्मक रोजगारी बजारमा बाहिर खडा हुने तरिकाको रूपमा हेरिएको छ। तनावपूर्ण अवस्थाको बीचमा, सुस्त अर्थतन्त्रले अभिभावकहरूमा आफ्ना छोराछोरीको जीविकोपार्जनका सम्भावनाहरूबारे थप चिन्ताहरू खडा गरेको छ ।

चीनका धेरै सञ्चारमाध्यमहरूका अनुसार चीनमा हाल गैरकानूनी रूपमा ट्युसन कक्षा सञ्चालन भइरहेको उल्लेख गरेका छन्।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १० : २४ बजे