एयर इन्डियाले क्वीन्सल्याण्ड सेवा विस्तार गर्दै



ब्रिस्बेनः एयर इन्डियाका सीईओ क्याम्पबेल विल्सनले ब्रिस्बेनमा आयोजित सीएपीए एयरलाइन लिडर समिट अष्ट्रेलिया प्यासिफिकमा एयर इण्डियाको विश्वव्यापी विस्तार र फ्लीट रूपान्तरणको लागि एयरलाइनको महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरेका छन् ।

क्वीन्स वार्फमा रहेको स्टार इभेन्ट सेन्टरमा विल्सनले एयर इन्डियाको पाँच वर्षको योजनाको बारेमा छलफल गरे ।

‘जब हामीले हाम्रो पाँच—वर्षको रूपान्तरण पूरा गर्छौं, सम्पूर्ण फ्लीट स्तरवृद्धि हुनेछ, र ग्राहकको अनुभव विश्व—स्तरीय मापदण्डहरूमा हुनेछ,! विल्सनले भने।

क्वीन्सल्याण्डले पनि ब्रिस्बेन र भारत बीचको सीधा रुटहरू परिचय गराउने लक्ष्य राख्दै एयर इन्डियाको बृद्धिको मुख्य भागको रूपमा आफूलाई स्थान दिइरहेको छ।

क्वीन्सल्याण्डको सरकारले सनसाइन राज्यलाई एयर इन्डियाको अर्को अष्ट्रेलियाली गन्तव्य बन्नको लागि बलियो साथ दिईरहेको छ । अहिले विश्वको सबैभन्दा जनसंख्या भएको राष्ट्रबाट ब्रिसबेनमा सीधा उडान मार्गहरूको अभाव छ।

क्वीन्सल्याण्डका पर्यटन मन्त्री माइकल हेलीले भारत हाल राज्यको आठौं ठूलो अन्तर्राष्ट्रिय पर्यटन बजार भएको र देशको बढ्दो मध्यम वर्गसँगै भारतीय यात्रुहरूको सङ्ख्यामा वृद्धि हुने बताए।

क्वान्टास इन्टरनेशनलका सीईओ क्याम वालेसले यस क्षेत्रसँगको अष्ट्रेलियाको व्यापारको ६८ प्रतिशत हिस्सा भारतसँग रहेको बताए ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ११ : २७ बजे