साउदी अरबद्वारा पाकिस्तानलाई उमराह भिसा अन्तर्गत खाडी देशमा भिखारीहरूलाई प्रवेश गर्नबाट रोक्न आग्रह



इस्लामाबाद— साउदी अरेबियाले धार्मिक तीर्थयात्राको आडमा राज्यमा आउने पाकिस्तानी भिखारीहरूको बढ्दो संख्याको बारेमा चिन्ता व्यक्त गरेको छ ।

साउदीले पाकिस्तानलाई खाडी देशमा प्रवेश गर्नबाट रोक्नको लागि कारबाही गर्न आग्रह गरेको छ ।

पाकिस्तानको धार्मिक मामिला मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै एक्सप्रेस ट्रिब्युन अखबारले साउदी अधिकारीहरूले यदि पाकिस्तानी भिखारीलाई नियन्त्रण नगरे पाकिस्तानी उमराह र हज तीर्थयात्रीहरूलाई नकारात्मक असर पर्न सक्ने चेतावनी पनि दिएको उल्लेख गरेको छ ।

साउदीको हज मन्त्रालयले पाकिस्तानी भिखारीहरूलाई उमराह भिसा अन्तर्गत राज्यमा प्रवेश गर्नबाट रोक्नको लागि कारबाही गर्न आग्रह गरेको हो ।

जवाफमा, पाकिस्तानको धार्मिक मामिला मन्त्रालयले उमराह ऐन पेश गर्ने निर्णय गरेको छ । यस ऐनले ट्राभल एजेन्सीहरूलाई नियमन गर्ने, उमराह यात्रालाई सहजीकरण गर्ने, उनीहरूलाई कानुनी निगरानीमा ल्याउने बताइएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १० : ३९ बजे