पाकिस्तानको पीओजेकेका स्थानीयद्वारा चिकित्सा पूर्वाधार र सुविधाहरू स्तरोन्नति गर्न माग



दोसुत—पाकिस्तान नियन्त्रित जम्मू—कश्मीर (पीओजेके) मा दोसुत, बन्ताल, ख्वाजा सेरी र वरपरका क्षेत्रका स्थानीयहरू पूर्वाधारको अभाव र आधारभूत चिकित्सा सुविधाको अभावका कारण पीडित छन्।

हाल, पीओजेकेको नीलम उपत्यकामा रहेको दोसुत र यसका वरपरका गाउँहरूका स्थानीयहरूले अधिकारीहरूलाई चिकित्सा क्षेत्रको बारेमा गुनासो राखेपनि कुनै उल्लेखनीय परिवर्तनहरू हुन सकेको छैन ।

दोसुत जिल्लाका एक जना स्थानीयले जिल्लामा एउटा मात्र औषधालय रहेको र त्यो पनि नाजुक अवस्थामा रहेको देख्दा निकै दुःख लाग्ने गरेको बताए । उनले यो अवस्था प्रशासनिक बेवास्ताको परिणाम भएको अथ्र्याए ।

औषधालयका इन्चार्ज ख्वाजा जावेदले नाजुक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै करिब ४० वर्षमा कुनै पनि प्रगति नभएको बताए ।

‘करिब ४० वर्ष बितिसक्यो, र यस आधारभूत स्वास्थ्य इकाईमा कुनै प्रगति भएको छैन, यद्यपि वरपरका क्षेत्रहरूको जनसंख्या हाल १०,००० भन्दा बढी छ। ,’ उनले भने ।

अर्का स्थानीयले यस क्षेत्रको चिकित्सा अवस्थाको बारेमा दुखेसो पोख्दै यस क्षेत्रमा चिकित्सा इकाई छैन र स्थानीयहरूले चिकित्सा सेवाको पर्खाइमा टाढा जानु पर्छ।

“४९ वर्ष भइसक्यो, र हामीसँग अझै पनि मेडिकल युनिट छैन। यो हाम्रो लागि धेरै निराशाजनक छ। ”उनले थपे।

उनीहरुले विकासको निरन्तर अभाव र एकपछि अर्को सरकारको कथित उदासीनताले यहाँका बासिन्दाहरूमा विरक्तता र निराशाको भावना बढाएको बताए।

चिकित्सा सुविधा बाहेक, यस क्षेत्रमा सुरक्षित पिउने पानी जस्ता अन्य आधारभूत सुविधाहरूको पनि अभाव छ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १० : २९ बजे