अमेरिकी कंग्रेसद्वारा आफ्ना विश्वविद्यालयमा चिनियाँ प्रभाव कम गर्न विधेयक पारित



वासिङ्टन डिसी—अमेरिकीको तल्लो सदनले अमेरिकी विश्वविद्यालयहरूमा चिनियाँ प्रभाव कम गर्न कन्फ्युसियस संस्थान र चाइनिज एन्टिटीज अफ कन्सर्न एक्टमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ।

अमेरिकी तल्लो सदन (प्रतिनिधिसभा)को आतंकवाद विरोधी, कानून प्रवर्तन, र गुप्तचर उपसमितिका अध्यक्ष अगस्ट फ्लुगरले यो विधेयक प्रस्तुत गरेको अमेरिकी गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

“चिनियाँ कम्युनिष्ट पार्टीले कन्फ्युसियस संस्थानहरूलाई अमेरिकी विश्वविद्यालय क्याम्पसमा घुसपैठ गर्न र जासुसीमा संलग्न हुन, बौद्धिक सम्पत्ति चोर्न, चिनियाँ असन्तुष्टहरूलाई धम्की दिन, कम्युनिष्ट प्रचार प्रसार गर्न, र संवेदनशील जानकारी जनमुक्ति सेनालाई फिर्ता पठाउन प्रयोग गरिरहेको छ। यस विधेयकले विद्यार्थी र विश्वविद्यालयहरूलाई सुरक्षा प्रदान गर्दछ ।’ प्फ्लुगरले विधेयक पेश गर्ने क्रममा बताए ।

युएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (गृह मन्त्रालय)ले मंगलबार जारी गरेको ऐनको आधिकारिक गजेट अनुसार यस ऐनले चिनियाँ निकाय वा चिनियाँ निकायुसँग सम्बन्ध राख्ने उच्च शिक्षाको संस्थामा गृहमन्त्रालयको कोषलाई सीमित गर्नेछ।

त्यसैगरी ‘कन्फ्युसियस इन्स्टिच्युट’ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चिनियाँ सरकारको आर्थिक सहयोगमा चल्ने सांस्कृतिक संस्थान हो। यस संस्थान चिनियाँ कम्युनिष्ट पार्टीको आफ्नो कार्यक्रम फैलाउन, बौद्धिक सम्पत्ति र विश्वविद्यालयहरूबाट अनुसन्धान चोरी गर्न, मातृभूमि भित्र जासुस भर्ती गर्न र निगरानी सञ्चालन गर्न, र सीसीपी का असन्तुष्टहरूलाई उत्पीडन र लक्षित गर्न प्रयोग हुने गरेकोछ ।

फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का काउन्टर इन्टेलिजेन्सका उप सहायक निर्देशक जिल मर्फीले यी संस्थानहरू अमेरिकी अनुसन्धान चोर्न र सीसीपीका अन्य रणनीतिक लक्ष्यहरू हासिल गर्न प्रयोग भइरहेको बताएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : ३४ बजे