बहराइनमा तीन भारतीय कम्पनीबाट १६ दशमलव ६५ मिलियन अमेरिकी डलर लगानी



नयाँ दिल्ली— बहराइन इकोनोमिक डेभलपमेन्ट बोर्ड (बहराइन ईडीबी) ले उत्पादन, नवीकरणीय ऊर्जा र आईसीटीका क्षेत्रहरूमा भारतका तीन प्रमुख कम्पनीहरूबाट १६ दशमलव ६५ मिलियन अमेरिकी डलरको लगानी भित्र्याएको छ ।

द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्न र बहराइनमा प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्न बहराइन ईडीबीको स्थापना गरिएको थियो । बहराइनका एक प्रतिनिधिमण्डलले भारतको मुम्बई, बैंगलोर र चेन्नईको भ्रमण गरेका थिए ।

बहराइन ईडीबीका प्रमुख कार्यकारी तथा दिगो विकास मन्त्री एच ई नूर बिन्त अली अलखुलाइफले बहराइनमा भारतीय लगानी भित्र्याउन पाउँदा खुसी लागेको बताए ।
बहराइन ईडीबीले भारतीय कम्पनीहरू मध्ये, केम्कोले बहराइनमा आफ्नो तेस्रो विस्तारको लागि तयारी गरिरहेको छ, जब उसले पहिलो पटक २०१३ मा बहराइनमा आफ्नो कारखाना स्थापना गरेको थियो,
यस्तै, भगरिया इन्डस्ट्रिजले ११ दशमलव ४० मेगावाटको सौर्य परियोजना विकास गर्ने योजनासहित बहराइनमा लगानी गरिरहेको छ । त्यस्तै, तेस्रो कम्पनी, आईसीटी फर्मले आफ्नो क्षेत्रीय मुख्यालय बहराइनमा स्थापना गर्दैछ, जसले प्रविधि र एआईमा राज्यको बढ्दो क्षमतालाई अझ बलियो बनाउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : ३० बजे