क्वेटा— बलुचिस्तान विद्यार्थी संगठन (बीएसओ—पज्जर) को केन्द्रीय समितिले बलुचिस्तानमा बिग्रँदै गएको शिक्षा प्रणालीलाई लिएर गहिरो चिन्ता व्यक्त गरेको पाकिस्तानी मिडिया आउटलेट डनले उल्लेख गरेको छ।
समितिले हालैको बैठकमा शैक्षिक गुणस्तर र संस्थागत ह्रासका समस्या समाधान गर्न गोलमेच सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।
नोभेम्बर २६, १९६७ मा कराँचीमा स्थापित, बलुचिस्तान विद्यार्थी संगठन (बिएसओ) पाकिस्तानको सबैभन्दा ठूलो जातीय बलुच विद्यार्थी संगठन हो।
बीएसओ—पज्जरका अध्यक्ष बालच कादिर बलोचले प्रशासनिक भ्रष्टाचार, कमजोर योजना र पक्षपातले शिक्षाको अवस्था खस्कदैँ गएको बताए ।
उनले मक्रन मेडिकल कलेज सहित धेरै उच्च शिक्षा संस्थाहरूलाई असर गर्ने वित्तीय संकटलाई औंल्याए, जहाँ कर्मचारीहरूले तलब नपाएकोमा विरोध प्रदर्शन गरेका छन्।
बलोचले विश्वविद्यालयहरूमा बढ्दो शैक्षिक शुल्कको पनि निन्दा गरे,
उनले यी क्षेत्रहरूमा अझै पनि उच्च शिक्षाको पर्याप्त सुविधा नभएको कुरामा जोड दिँदै सन् २००७ मा स्थापना भएको कोहलु गर्ल्स कलेजमा संकायको दरबन्दी नपुगेका कारण खुल्न नसकेको बताए।
केन्द्रीय समितिको बैठकमा बृहत् राजनीतिक मुद्दा, सांगठनिक विषय र भावी योजनाका विषयमा पनि छलफल भएको डनले जनाएको छ । विद्यार्थी नेता, राजनीतिक कार्यकर्ता, नागरिक समाजका सदस्य र शिक्षकलाई चौथो अनुसूचीमा राख्ने सरकारको निर्णयको घोर भत्र्सना गरेको छ । समितिले अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक गतिविधिमा लगाइएको प्रतिबन्धलाई अभूतपूर्व र अस्वीकार्य भएको भन्दै निन्दा गरेको छ ।
बलुचिस्तानको शिक्षा प्रणाली गम्भीर रूपमा खस्किरहेको छ। प्रान्तभरका विद्यालय र कलेजहरूमा सफा खानेपानी, सफासुग्घर शौचालय र बिजुली जस्ता आधारभूत सुविधाहरूको अभावले शिक्षाको गुणस्तरमा उल्लेखनीय प्रभाव पारेको छ ।
पाकिस्तान शिक्षा तथ्याङ्क र पाकिस्तानको मानव अधिकार आयोगको प्रतिवेदनहरुमा विद्यालय पूर्वाधारको अवस्था दयनीय हुनुको साथै आवश्यक स्रोतहरूको चरम अभाव रहेको छ ।
विश्व बैंकले अपर्याप्त शिक्षक तालिमले यी समस्याहरूलाई अझ बढाएर शैक्षिक गुणस्तरमा ह्रास ल्याउने उल्लेख गरेको छ।
प्रतिक्रिया