पाकिस्तानको खैबर पख्तूनख्वाका प्राथमिक विद्यालयका शिक्षकहरुले सरकारको विरुद्ध प्रदेशभर हड्ताल गर्ने



पेशावरः पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्त भित्रका करिब १ लाख ३९ हजार प्राथमिक विद्यालयका शिक्षकहरूले सरकारले प्रस्ताव गरेको शैक्षिक निर्णय विरुद्ध विरोध प्रर्दशन गर्ने बताएका छन् ।

प्राथमिक शिक्षक संघ (एटीएएटीए) ले अक्टुबल ७ मा प्रान्तभरका सबै प्राथमिक विद्यालय बन्द गर्नुको साथै सडकमा विरोध प्रर्दशन गर्ने जनाइएको छ ।

अक्टोबर ७ मा हुने विरोध प्रर्दशनका कारण प्रान्तभरका २५ हजार प्राथमिक विद्यालय बन्द हुनेछन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : ५२ बजे