भारत र यूएईबीच परमाणु ऊर्जा, पेट्रोलियम पर्दाथमा सहकार्य



नयाँ दिल्ली — भारत र संयुक्त राज्य इमिरेट्सबीच आणविक उर्जा र पेट्रोलियम जस्ता क्षेत्रहरूमा सहकार्य हुने भएको छ । अबु धाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यानको औपचारिक भ्रमणको क्रममा भारत र युएईबीच यस क्षेत्रको लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

युएईमा रहेको बरकाह आणविक उर्जा केन्द्रको सञ्चालन र मर्मत सम्भारका लागि इमिरेट्स न्यूक्लियर एनर्जी कम्पनी र न्यूक्लियर पावर कोअपरेशन अफ इन्डिया लिमिटेड बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

साथै अबुधाबी नेशनल आयल कम्पनी र इन्डियन आयल कर्पोरेशन लिमिटेडबीच दीर्घकालीन एलएनजी आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

शेख खालिद बिन जायद अल नाह्यान सेप्टेम्बर ८ मा आफ्नो पहिलो आधिकारिक भारत भ्रमणको नयाँ दिल्ली पुगेका थिए ।

यस वर्षको फेब्रुअरीमा प्रधानमन्त्री मोदीले युएईको भ्रमण गरेका थिए। उनले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भारत र युएईबीच भइरहेको द्विपक्षीय सम्बन्धमा छलफल गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  १ : २४ बजे