नयाँ दिल्ली— भारतमा ५जीको मोवाइल सेट प्रयोगकर्तामा उल्ल्ेख वृद्धि भएको छ । भारतमा ५जीको प्रयोगकर्ता बढेसँगै भारतले अमेरिकालाई उछिन्दै पहिलो पटक चीनलाई पनि पछि पार्दै विश्वको दोस्रो ठूलो ५ जी मोबाइल सेट खपतकर्ता भएको छ ।
काउन्टरपोइन्टको मार्केट मनिटर सेवाको पछिल्लो अनुसन्धान अनुसार २०२४ को पहिलो ६ महिनामा ग्लोबल ५जी मोवाइल सेट ढुवानीमा २० प्रतिशतको दरले वार्षिक रुपमा वृद्धि भएको छ।
समग्र बजार गतिशीलताको बारेमा टिप्पणी गर्दै, वरिष्ठ विश्लेषक प्रचिर सिंहले भने, ‘५ जी मोबाइल सेटको बिक्री निरन्तर बढ्दै गएको छ । बजारका उपभोक्ताहरू फाइभजी मोबाइल सेट प्रति आकर्षित भईरहेका छन् ।’
५जी मोबाइल सेटको खपतमा एप्पल कम्पनीको आईफोन नै अग्रस्थानमा रहेको छ । ५जी सेटमा एप्पलको विश्वव्यापी बजार हिस्सा २५ प्रतिशत रहेको छ । यस्तै, सामसुङको २१ प्रतिशत रहेको छ । त्यस्तै जिओमीको र भिभोले पनि आफ्नो बजार हिस्सा बडाउँदै लगेका छन् । भिभोका लागि पनि चीन र उदीयमान एसियाली अर्थतन्त्रसँगै भारत प्रमुख बजार रहको छ।
शीर्ष १० ब्रान्डहरूमा रहेको मोटोरोलाले पनि आफ्नो विश्वव्यापी बजारमा प्रभावशाली उपस्थिति जनाउँदै आएको छ ।
प्रतिक्रिया