ताइपेई— थाईल्याण्डको बजारमा पाइने सस्तो मूल्यको चिनियाँ सरसामानका कारण स्थानीय उद्योग—व्यवसायलाई धराशायी भएका छन् । थाईल्याण्डका स्थानीय उद्योगी व्यवसायी सस्तो मूल्यमा पाइने चिनियाँ वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग तथा व् बन्द हुने अवस्थामा पुगेका छन् ।
थाइल्याण्ड प्रशासनले सस्तो चिनियाँ सामानको आयातलाई नियन्त्रण गर्न विभिन्न उपायहरू अपनाइने योजना बनाएको भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ ।
यसअघि जारी गरेको विज्ञप्तिमा थाइल्याण्ड उद्योग महासंघले सस्तो चिनियाँ सामानले देशको अर्थतन्त्रमा प्रवेश गर्दा थाइल्याण्ड र आसपासका क्षेत्रमा आर्थिक ‘सुनामी’ निम्त्याउन सक्ने चेतावनी दिएको थियो । प्रतिवेदन अनुसार सन् २०२३ देखि सस्तो आयातित उत्पादनका कारण करिब २ हजार कारखाना बन्द भएका छन् ।
थाइल्याण्डको थम्मासाट विश्वविद्यालयको थम्मासट बिजनेस स्कूलका अन्तर्राष्ट्रिय व्यापारका प्राध्यापक पविदा पानानोन्डले सबै कम मूल्यका चिनियाँ सामानहरू वा चिनियाँ पूँजी प्रायः थाइल्याण्डको ई—कमर्स र इलेक्ट्रिक सामानमा केन्द्रित भएको उल्लेख गरे।
प्रतिक्रिया