पाकिस्तानः बलुचिस्तानमा थप ५४२ विद्यालयहरू बन्द, संकट समाधान गर्न १६,००० शिक्षक आवश्यक



क्वेटा— पाकिस्तानको बलुचिस्तान प्रान्तमा थप ५४२ वटा विद्यालय बन्द भएको छ ।

बलुचिस्तानको शिक्षा विभागले प्रान्तमा थप ५४२ वटा विद्यालय बन्द भएको बताएको हो । शिक्षा विभागको प्रतिवेदनअनुसार बन्द भएका विद्यालय पुनः खोल्न १६ हजार शिक्षक आवश्यक पर्नेछ ।

यस वर्षको मे महिनासम्ममा बन्द भएको विद्यालयको संख्या ३ हजार १५२ पुगेको थियो । सेप्टेम्बर २ सम्म बलुचिस्तानका, ३५ जिल्लाहरूमा बन्द भएको विद्यालयको संख्या बढेर ३,६९४ पुगेको बलुचिस्तान पोस्टले उल्लेख गरेको छ। पिसिनजिल्लामा सबैभन्दा धेरै विद्यालयहरू बन्द भएका छन् । यहाँ मात्र २५४ विद्यालय बनद भएका छन्,

बलुचिस्तानको शिक्षा विभागका अनुसार २०२१ सम्म, बलुचिस्तानमा १२ लाख बालबालिकाहरू विद्यालय बाहिर थिए । यो संख्या विद्यालय जाने उमेरका बालबालिकाहरुको ७० प्रतिशत हो ।

त्यसबेलादेखि, यस क्षेत्रको शिक्षाको अवस्था बिग्रिएको छ भने निरन्तर विद्यालय बन्द र शिक्षकको अभावले विद्यालय नजाने बालबालिकाको संख्या बढ्दै गएको छ।

प्रान्तभरका विद्यालय र कलेजहरूमा सफा खानेपानी, शौचालय र बिजुली जस्ता अत्यावश्यक सुविधाहरूको अभाव रहेको छ जसले शिक्षाको गुणस्तरमा गम्भीर असर पारेको छ ।

विश्व बैंकले अपर्याप्त शिक्षक तालिमले यी समस्याहरूलाई अझ बढाएर शैक्षिक गुणस्तरमा ह्रास ल्याउने उल्लेख गरेको छ। बलुचिस्तानमा समग्र साक्षरता दर र शैक्षिक प्राप्ति स्तर अन्य प्रान्तहरूको तुलनामा कम छ, जसले उच्च शिक्षा र रोजगारीका अवसरहरूलाई असर गर्छ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  १२ : ५४ बजे