ताइवानको अदालतद्वारा चीनको पक्षमा जासुसी गरेको आरोपमा तीन सेवानिवृत्त सुरक्षाा अधिकारीलाई सजाय



ताइपेईः ताइवानको ताइपेई जिल्ला अदालतले सैन्य खुफिया ब्यूरो (एमआईबी )का तीन सेवानिवृत्त अधिकारीहरूलाई चीनको पक्षमा संवेदनशील जानकारी सङ्कलन गर्न जासूसी गरेको आरोपमा जेल सजाय सुनाएको ताइवान समाचारले उल्लेख गरेको छ।

ताइपेई जिल्ला अदालतको फैसलालाई अझै पनि पुनरावेदन गर्न सकिन्छ। अदालतले पूर्व मेजर जनरल यूह चिह–चुङलाई १० महिना जेल, सेवानिवृत्त कर्णेल चांग चाओ–जानलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो भने पूर्व कर्णेल चाउ तिएन–त्जुलाई १४ महिनाको जेल सजाय सुनाइएको छ।

ताइवान समाचार अनुसार चाङ, चाउ, र युएले आफू पदमा रहँदा चीनबाट फाइदा उठाएका थिए । यतिमात्र होइन, उनीहरुलाई चीन सरकारले निःशुल्क यात्राको प्रबन्ध गरेको पनि खुलेको छ ।

चिनियाँ प्रान्त ग्वाङडोङका एक राष्ट्रिय सुरक्षा अधिकारीले उनीहरूलाई जासूसको घेरा बनाएर ताइवानबाट गोप्य सूचना सङ्कलन गर्न भनेका थिए। चाङलाई वाङको लागि चीन भ्रमणको व्यवस्था गरेको आरोप लगाइएको थियो, जसले चिनियाँ अधिकारीहरूलाई सहकर्मीहरूको व्यक्तिगत पृष्ठभूमि जानकारी खुलासा गरेको थियो।

संदिग्धहरूलाई गुप्तचर संस्था बनाएर राष्ट्रिय सुरक्षा ऐन तोड्ने र गोप्य कुरा चुहावट गरेको आरोप लगाईएको छ ।

अगस्ट ३० मा, ताइवानको सर्वोच्च अदालतले चीनलाई वार्षिक हान कुआङ अभ्यासको गोप्य जानकारी दिन सक्रिय सैन्य अधिकारीहरूलाई प्रलोभनमा पारेको आरोपमा बाबु र छोराको जोडीलाई आठ वर्षको जेल सजाय सुनाएको छ।

सर्वोच्च अदालतले अगस्ट २९ मा अन्तिम पुनरावेदन खारेज गर्‍यो। ह्वाङ उपनाम भएका दुई संदिग्धहरू सन् २०१५ मा सियामेनमा व्यापार गर्दा चिनियाँ गुप्तचर अधिकारीहरूसँग पहिलो पटक सम्पर्कमा आएका थिए।

ताइवान समाचारका अनुसार, यी दुईले छुट्टाछुट्टै एयर डिफेन्स र मिसाइल युनिट, ये र सुमा दुई कर्मचारीहरू भर्ती गरेका थिए।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  १२ : २८ बजे