आज मुस्लिम धर्मावलम्बीका लागि बिदा



काठमाडौँ । सरकारले मोहम्मद जयन्ती [मोहम्मद दिवस] को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ ।

गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ९ : १३ बजे