चिनियाँ ‘एजेण्ट’ अमेरिकाको न्यूयोर्क राज्यका गभर्नरको सहयोगीको रुपमा कार्यरत !



न्यू योर्क– लिन्डा सनले अमेरिकाको न्यूयोर्क राज्यका गर्भनर क्याथी होचुलको कार्यालयबाट बेइजिङ समर्थक सन्देशहरू पठाउने गरेको खुलासा भएको छ ।

न्यूयोर्कका गभर्नर क्याथी होचुलका पूर्व डेपुटी चिफ अफ स्टाफलाई चिनियाँ सरकारका लागि अज्ञात एजेन्टको रूपमा काम गरेको अभियोग लगाइएको छ। सहयोगी र उनको पतिले बेइजिङको हित पूरा गर्न होचुलको नीतिलाई प्रभाव पारेको आरोप लगाइएको छ । उनले यो कार्य गर्न लाखौँ डलर लिएको बताइएको छ ।

लिन्डा सन र उनका पति क्रिस हुलाई एफबीआई एजेन्टहरूले लङ आइल्याण्डको घरबाट पक्राउ गरेको एसोसिएटेड प्रेसले जनाएको छ। उनीहरुलाई अज्ञात चिनियाँ एजेन्ट, भिसा जालसाजी, विदेशी तस्करी, र मनी लान्ड्रिंग जस्ता आरोप अदालतमा पेश गरिएको ब्रुकलिनको अमेरिकी अटर्नीको कार्यालयले जनाएको छ।

हुलाई मनी लान्ड्रिङ षडयन्त्र, साथै बैंक धोखाधडी र पहिचानका माध्यमको दुरुपयोग गर्ने षड्यन्त्र गरेको आरोप लगाइएको थियो।

सनले न्यूयोर्कको डेमोक्र्याट—संचालित सरकारमा १५ वर्ष काम गरेकी छन् । उनले चुलको डेपुटी चीफ अफ स्टाफ हुनु अघि पूर्व गभर्नर एन्ड्र्यू कुमोको प्रशासनमा विभिन्न पदहरू सम्हालेका थिइन्।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ८ : १० बजे