पाकिस्तानका सरकारी कर्मचारीद्वारा तलब र जागिर सुरक्षालाई लिएर विरोध प्रर्दशन



मुजफ्फराबाद— पाकिस्तान नियन्त्रित जम्मू कश्मीरमा कार्यरत विभिन्न सरकारी विभागका तदर्थ कर्मचारीहरूले तलब नपाएको र स्थायी रोजगार सम्झौताको अभावको बिरूद्ध प्रदर्शन गर्न केन्द्रीय प्रेस क्लब अगाडि भेला भएका छन्। प्रदर्शनकारीहरूले आर्थिक अस्थिरताका कारण पीडामा परेका आफ्ना परिवारप्रति गहिरो चिन्ता व्यक्त गरे।

एक प्रदर्शनकारीले भने, सरकारले जागिर खोसेर कर्मचारीलाई भोकै मर्न बाध्य पारेको छ। २७० एड—हक प्रोफेसरहरूमध्ये मकसुद अहमद अब्बासीले मैले १७ वर्षभन्दा बढी समय जागिरमा समर्पित गरेको बताएका छन् । उनले धेरै साथीहरु त्यस्तै १० देखि ३० वर्ष सेवामा समर्पित गरेका े बताएका छन्। उनीहरुले जागिरको सुनिश्चितताको माग गरेका छन् ।

अर्का प्रदर्शनकारी, राजा अख्तर अली खानले १९९१ यता लगातार सरकारसमक्ष यी मुद्दाहरू उठाए पनि कुनै ठोस निर्णय नभएको औंल्याए। ‘अहिले धेरै सेवानिवृत्त भइसकेका छन् तर अझै पनि उनीहरूको उचित क्षतिपूर्ति पर्खिरहेका छन्। सर‘कारले लामो समयदेखि काम गर्ने यी कर्मचारीको पीडाको समाधान किन नगरेकोमा अन्योलमा परेको छ,’ उनले भने ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ११ : ०७ बजे