नयाँ दिल्ली— भारतको डिजिटल भुक्तानी उद्योगले ठूलो वृद्धि देखिरहेको छ । डिजिटल भुक्तानीको मात्रा आर्थिक वर्ष २०२३—२४ मा मात्र ४६ प्रतिशतले वृद्धि भएको छ ।
एक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२३—२४ मा कारोबार रकम १५९ अर्बबाट बढेर आर्थिक वर्ष २०२८—२९ सम्ममा ४८१ अर्ब पुग्ने गरी उद्योगले तीन गुणा वृद्धि हुने प्रक्षेपण गरेको छ।
कारोबारको सन्दर्भमा, यस अवधिमा बजार लगभग दोब्बर हुने अपेक्षा गरिएको छ ।
एकीकृत भुक्तानी इन्टरफेस (यूपीआई) ले भारतको डिजिटल भुक्तानी क्रान्तिको नेतृत्व गर्न जारी राखेको छ। आर्थिक वर्ष २०२३—२४ मा कारोबारको रकममा ५८ प्रतिशतले वृद्धि भई १३१ अर्ब पुगेको छ ।
प्रतिक्रिया