पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ



बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी पोल्यान्ड लैजाने भन्दै तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका ३ की ४४ वर्षीया कमला चुँडाल रहेकी छन्।

पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ८ : ४४ बजे