इस्लामावादः पाकिस्तान सरकारले सबै सरकारी कर्मचारीहरूलाई आधिकारिक जानकारी र कागजातहरूको खुलासा रोक्न अनुमति बिना सोशल मिडिया प्रयोग गर्न प्रतिबन्ध लगाउने आदेश जारी गरेको द न्यूज इन्टरनेशनलले उल्लेख गरेको छ।
कर्मचारी महाशाखाले जारी गरेको कार्यालय सर्कुलरमा सरकारी कर्मचारीलाई सरकारी कर्मचारी नियमावली, १९६४ अन्तर्गतको निर्देशन पालना गर्न भनिएको छ ।
उक्त आदेश अनुसार सरकारी कर्मचारीले अनुमतिबिना सामाजिक सञ्जालको कुनै पनि प्लेटफर्म प्रयोग गर्न नपाइने द न्यूज इन्टरनेशनलले जनाएको छ ।
सर्कुलरमा सरकारी कर्मचारीले सरकारको प्रतिष्ठामा आँच पु¥याउने विचार वा तथ्य व्यक्त गर्न नपाउने’ उल्लेख गर्दै कर्मचारीले सरकारको नीति, निर्णय, राष्ट्रिय सार्वभौमसत्ता र मर्यादाविरुद्ध बोल्न नपाइने उल्लेख छ ।
यसमा निजामती कर्मचारीले अनुमतिबिना सामाजिक सञ्जालमा आफ्ना विचार वा बयानबाजी गर्न नपाउने उल्लेख गरेको छ । आदेशमा जारी निर्देशन उल्लंघन गर्ने सरकारी कर्मचारीलाई कडा कारबाही गरिने द न्युज इन्टरनेशनलले उल्लेख छ ।
यस्तै, सर्कुलरमा सरकारी कर्मचारीले आधिकारीक कागजात र सूचना असंबद्ध व्यक्तिसँग बाँड्न नपाउने व्यवस्था गरेको छ ।
सर्कुलरमा आपत्तिजनक सामग्री हटाउनका लागि संस्थाहरूलाई आफ्ना सामाजिक सञ्जाल प्लेटफर्मको अनुगमन गर्न भनिएको छ ।
प्रतिक्रिया