महत्वाकांक्षी स्मार्ट सिटी अन्तर्गत भारतमा ८ हजार भन्दा बढी परियोजना निर्माणाधिन



नयाँ दिल्लीः भारतको महत्वाकांक्षी १०० स्मार्ट सिटी परियोजना अन्तर्गत ८ हजार भन्दा बढी बहु—क्षेत्रीय परियोजनाहरू निर्माण भइरहेका छन्, । यी स्मार्ट सिटीको लागत लगभग १ दशमलव ६ लाख करोड रुपैयाँ, भारत सरकारले आधिकारिक विवरणमा उल्लेख गरिएको छ ।

महत्वाकांक्षी स्मार्ट सिटी परियोजना जुन २५, २०१५ पूर्वाधार, एक स्वच्छ र दिगो वातावरण, र आफ्ना नागरिकहरूलाई सभ्य जीवनको गुणस्तर प्रदान गर्ने उद्देश्यले सुरु गरिएको थियो ।

भारतीय नागरिकको विविध आवश्यकताहरूलाई सम्बोधन गरेर, परियोजनाले गतिशील शहरी ठाउँहरू सिर्जना गर्ने गर्नेछ ।

ती १०० शहरहरू मध्ये ५० भन्दा बढी शहरहरूले टेक्नोलोजीको उच्चतम् प्रयोग, सडक मार्गमा सुधार र फोहोर व्यवस्थापन गरिरहेका छन्।

यस्तै, ७ हजार ६५४ स्मार्ट क्लासरूम र ४० डिजिटल पुस्तकालयहरू विकास गरिएको छ।

यस वर्षको जुलाईको सुरुमा, सरकारले ती १०० सहरहरूले परियोजना मध्ये ७ हजार १८८ आयोजना (कुल परियोजनाको ९० प्रतिशत) काम पुरा गरिसकेका छन् । सम्पन्न भएको कामको लागत १४४, २३ करोड भारतीय रहेको छ ।

१९,९२६ करोड रुपैयाँका बाँकी ८३० आयोजनाहरू पनि सम्पन्न हुने चरणमा छन्। स्मार्ट सिटी परियोजना भारतको सहरी विकासमा एउटा नयाँ प्रयोग हो।

निर्माणधिन परियोजनाहरू मार्च ३१, २०२५ अघि नै पूरा गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ९ : ०९ बजे