ताइपेईः ताइवानको रक्षा मन्त्रालयले चीनले आफ्नो दक्षिणपश्चिम एयर डिफेन्स आइडेन्टिफिकेशन जोन (एडीआईजेड) लाई पार गर्दै ताइवानमाथि उपग्रह प्रक्षेपण गरेको आरोप लगाएको छ।
ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले सिचाङ स्याटेलाइट लन्च सेन्टर बाट प्रक्षेपण गरिएको भूउपग्रहले राष्ट्रलाई ूकुनै खतराू नरहेको र ताइवान सशस्त्र बलहरूले सम्पूर्ण प्रक्रियाको अनुगमन गरेको र आवश्यकता परे प्रतिक्रिया दिन तयार रहेको बताए।
अघिल्लो दिन, ताइवानले पछिल्लो २४ घण्टामा १९ चिनियाँ विमान, आठ चिनियाँ नौसैनिक जहाज र एउटा आधिकारिक जहाज आफ्नो क्षेत्रको वरिपरि सञ्चालन गरेको पत्ता लगाएको थियो।
ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले पिपुल्स लिबरेसन आर्मी (पीएलए) का १६ वटा विमान मध्य रेखा पार गरेर ताइवानको उत्तरी, दक्षिणपश्चिमी र पूर्वी वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड) मा प्रवेश गरेको जनाएको छ।
ताइवान सन् १९४९ देखि स्वतन्त्र रूपमा शासन गर्दै आएको छ। यद्यपि, चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्ने गरेको छ ।
प्रतिक्रिया