बंगलादेशबाट २०४ जना नेपाल,भारत र भुटानका भारतीय विद्यार्थी फिर्ता



डाकी—बंगलादेशमा रोजगारी कोटाको प्रर्दशन चर्किएपछि २०४ भारतीय विद्यार्थी सहित नेपाल र भुटानका विद्यार्थीहरु भारतको मेघालय आइपुगेका छ ।

विद्यार्थीहरूलाई मेघालय—बंगलादेश सीमामा रहेको मेघालयको डाकी एकीकृत जाँच चौकीबाट ल्याइएको थियो।

मेघालय सरकारका सहायक नोडल अधिकारी थोमसले विद्यार्थीहरू डवकी एकीकृत जाँच चौकी हुँदै आइपुगेको बताएका छन् ।

थोमसले २०४ मध्ये ७८ विद्यार्थी असमका, १३ मेघालयका, १३ जना कश्मीरका छन् र अन्य नेपाल र भुटानका विद्यार्थी रहेको बताएका छन् ।

सरकारी जागिरमा ‘विवादास्पद’ कोटा प्रणालीको बिरूद्ध बंगलादेशमा हिंसात्मक प्रदर्शनको भईरहेको छ । उक्त प्रर्दशनमा दर्जनौं मृत्यु भएको र सयौं घाइते भएको बताइएको छ।

यसैबीच अखौरा रोड, अगरतलास्थित एकीकृत जाँच चौकी हुँदै केही बंगलादेशी नागरिक पनि भारत आएका छन् ।

बंगलादेशी नागरिक र अधिवक्ता ताहेर आलमले प्रदर्शनले सिंगो देश विचलित भएको बताए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ९ : १८ बजे