शेनयाङ— चीनले रोजगारी क्षेत्रमा गिरावट र पलायन सामना गरिरहेको छ । शेनयाङ जस्ता क्षेत्रीय सहरमा सुस्त आर्थिक वृद्धिका कारण नागरिकलाई जीवनयापन गर्न गाह्रो भइरहेको निक्केई एशियाले उल्लेख गरेको छ।
चीनले आफ्नो अप्रिलदेखि जुन त्रैमासिकमा रोजगारी क्षेत्रमा पलायनको सामना गरेको छ । यस क्षेत्रमा रोजगारी र घरेलु माग सुस्त रह्यो र शेनयाङले धेरै कामदारहरू गुमाए।
उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तका ट्याक्सी चालक झाङले विदेशमा रोजगारीको खोजीमा सिंगापुर गएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘म आफ्नो गृहनगरमा यसरी बाँच्न सक्दिन।’
यसैबीच, सिंगापुरको होटेलमा कामदारको रूपमा काम गर्ने झाङकी जेठी बहिनीले आफ्नो गृहनगरमा कमाएको भन्दा दोब्बर कमाउँछिन्। उनको आम्दानी ७००० युआनको हाराहारीमा छ ।
शेनयाङका अर्का बासिन्दा, जो १० वर्षअघि छाडेर ग्वान्झाउको एउटा घरेलु उपकरण निर्माता कम्पनीमा उत्पादन डिजाइन र इन्जिनियरिङमा काम गर्छन्, उनले महिनामा २०,००० युआन (झाङको भन्दा दोब्बरभन्दा बढी) कमाइरहेका छन् र नियमित रूपमा आफ्नो आमाबुवाको घरमा २,००० युआन पठाउने गरेका छन्। ।
चीनका ठूला र साना सहरहरू बीचको तलबको खाडल लामो समयदेखिको समस्या हो र रियल इस्टेट क्षेत्रमा देशको निरन्तर गिरावटका कारण यो फराकिलो भएको छ। धेरै साना सहरहरूमा घरजग्गा बाहेक अन्य प्रख्यात उद्योग नभएकाले रोजगारी क्षेत्रको बृद्धिमा असर परेको छ ।
जनवरीदेखि मार्चसम्म शेनयाङको औसत मासिक तलब ७,७२६ युआन थियो, जुन गुआङ्झाउको तुलनामा करिब ३,३०० युआन कम थियो र यो अन्तर पाँच वर्षभित्र ५० प्रतिशतले फराकिलो भएको निक्केई एशियाको उल्लेख गरेको छ ।
सन् २०२१ मा नेशनल ब्यूरो अफ स्ट्याटिस्टिक्सले जारी गरेको तथ्याङ्कले चीनका ३१ प्रान्त, स्वायत्त क्षेत्र र प्रत्यक्ष नियन्त्रित नगरपालिकाहरूमा यो संख्या सबैभन्दा बढी रहेको छ । लिओनिङ प्रान्तमा ६५ वर्ष वा सोभन्दा माथिका बासिन्दाहरूको दर १७ दशमलव ४ प्रतिशत रहेको देखाएको छ।
प्रतिक्रिया