दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’



काठमाडौँ । देशकै अग्रणी बैंक नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने
उद्देश्यले वाकाथन गरिएको हो । स्थापनाको ४०औँ वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान देशव्यापी वाकाथन आयोजना गरेको हो । बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता जनाएको छ ।

वाकाथन शुभारम्भ गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण आजको दिनसम्म अघि बढी सगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता गरे । “नबिल बैंक दिगो विकासका लागि प्रतिबद्ध छ, हामीहरु दिगो बैंकिङमार्फत् यसको सुरुआत गरिसकेका छौँ, आगामी दिनका लागि प्रतिबद्धता जनाउन आज यहाँ उपस्थित भएका छौँ”, उनले भने । बैंकका कार्यकारी अधिकृत –सिइओ) ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिबद्धतासहित देशव्यापी वाकाथन आयोजना गरिएको जानकारी दिए । “बैंकले दरिलो भविष्यका लागि दिगोपनाको नीति अनुसार गतिविधि अगाडि बढाइसकेको छ ।

आज देशव्यापीरुपमा आयोजना गरिएको यस वाकाथनले दिगो भविष्यका लागि प्रतिबद्धता र यसबारे जनचेतना जगाउन यस थप सहयोग बढाउनेमा हामी विश्वस्त छौँ”, उनले भने । वाकाथनका अवसरमा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक अनन्त पौड्याल, साखा कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना, वरिष्ठ नायव प्रम कार्यकारी अधिकृत सजित शाक्य, कार्यकारी अधिकृतद्वय मनोज ज्ञवाली र सपेन्द्र पाण्डे, विभिन्न विभागक लगायत काठमाडौँ उपत्यकाका विभिन्न शाखामा कार्यरत करिब ११ सय कर्मचारीको उपस्थिति थियो ।

शनिबार बिहान ७ बजे दरबारमार्गको तीनधारास्थित केन्द्रीय कार्यालयबाट सुरु भएको वाकाथन कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड
गेट, बसन्तपुर् दरबार स्क्वायरहुँदै फेरि केन्द्रीय कार्यालायमा पुगेर सकिएको थियो । बैंकका अनुसार नारायणगढ, बिराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ आज बिहान वाकाथन आयोजना गरिएको थियो । नबिल बैंक नेपालका अग्रणी बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १ : ०३ बजे