धनकुटा जिल्लाकाे सुन्दर तथा पर्यटकीय क्षेत्र भेडेटारमा निर्माण भएको स्काईवाक सञ्चालनमा आएको छ ।
एक पटकमा दुईसय जना हिँड्न सकिने ५० मिटर लम्बाइ रहेको स्काईवाकको काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की ,धनकुटा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले सामूहिक रुपमा रिवन काटेर उद्घाटन गरे । चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको स्काईवाकको उचाइ भने १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको उल्लेख गरिएको छ ।
कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका तथा सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो । स्काइ वाक निर्माण पछि आन्तरिक मात्र नभइ ,भारत , बङ्गलादेश ,भुटान ,चिन लगायत विदेशी पर्यटकहरूको आगमन बढ्ने विश्वास गरिएको छ । स्काइ वाक संगै सो क्षेत्रमा प्रत्यक्ष रूपमा २० जनाले रोजगारी पाएका छन। काठमाडौं , कन्यामको अपार सफलतापछि तेश्रो भ्यु टावर सहितको स्काइवाक २० कराेड भन्दा बढीको लगानीमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएकाे हाे ।
प्रतिक्रिया