पाकिस्तानी सरकारले बढायो विद्युतको मूल्य, घरेलु उपभोक्ताका लागि आधार महसुल प्रति युनिट ४८ रुपैयाँ ८४ पैसा पुग्यो



इस्लामावाद— पाकिस्तानको शेहबाज सरिफ नेतृत्वको सरकारले घरेलु उपभोक्ताहरूका लागि पाकिस्तानी रुपैयाँ ४८ रुपैयाँ ८४ पैसा विद्युतको आधारभूत मूल्य बढाएको पाकिस्तानकी पत्रिका जीयो न्यूजले द न्यूजलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

पावर डिभिजनको सूचना अनुसार मासिक २०० युनिटसम्म प्रयोग गर्ने उपभोक्तालाई तीन महिनासम्म यो वृद्धि लागू नहुने प्रतिवेदनले जनाएको छ । राष्ट्रिय विद्युत नियामक प्राधिकरणले गत साता घरेलु उपभोक्ताका लागि विद्युतको आधार महसुलमा प्रतियुनिट ७ रुपैयाँ १२ पैसा सम्म वृद्धि गर्न माग गरेको सरकारको अनुरोधलाई स्वीकृत गरेपछि महसुल वृद्धि भएको हो ।

घरेलु, व्यापारिक, सामान्य सेवा, थोक र कृषि उपभोक्ताका लागि विद्युत महसुल बढाउने संघीय सरकारको निवेदनमा पाकिस्तानी विद्युत प्राधिकरणले स्वीकृति दिने निर्णय गरेको हो । यसअघि गत जुलाई ५ गते मासिक इन्धन शुल्क समायोजन बापत प्राधिकरणले २०२४ को मे महिनामा प्रतियुनिट ३ रुपैयाँ ३२ पैसा बिजुलीको मूल्यवृद्धि गर्न स्वीकृत गरेको थियो । यो वृद्धि ‘के–इलेक्ट्रिक’ उपभोक्ताहरूमा लागू नहुने जियो न्यूजले रिपोर्ट गरेको छ।

संघीय मन्त्रिपरिषद्ले व्यापारिक उपभोक्ताका लागि आधार महसुल ८ रुपैया ४ पैसा, कृषि उपभोक्ताका लागि ६ रुपैयाँ ६२ पैसा, सामान्य सेवामा ६ रुपैयाँ ९६ पैसा र सामान्य उपभोक्ताका लागि ५ रुपैयाँ ९६ पैसा बढाउने निर्णय गरेको छ । यो वृद्धिपछि कृषि उपभोक्ताको आधार महसुल प्रति युनिट ४६ रुपैयाँ ८३ पैसा र सामान्य सेवाका लागि प्रतियुनिट ६१ रुपैयाँ ०३ पैसा पुगेको प्रतिवेदनले जनाएको छ ।

प्रतियुनिट ५ रुपैयाँ ५१ पैसा वृद्धि भएपछि सामान्य उपभोक्ताले जुलाईदेखि प्रतियुनिट ५९ रुपैयाँ ९६ पैसा तिर्नुपर्नेछ । तर, मन्त्रिपरिषद्ले औद्योगिक उपभोक्ताका लागि विद्युतको आधार महसुल यथावत राखेको छ ।

प्रति महिना २०० युनिटसम्म बिजुली प्रयोग गर्नेहरूलाई तीन महिनासम्म अनुदान छुट दिइएको पाकिस्तानी प्रधानमन्त्री सरिफले बताएका छन् ।

यस्ता उपभोक्ता पाकिस्तानको विद्युत उपभोगको ९४ प्रतिशत रहेका छन् छन् । यो अनुदान बजेटको विकास कोषबाट खर्च गरिने उनले बताए ।

प्रतिवेदनमा सरकारले यसअघि पेट्रोलियममा कर लगाउनुको साथै कृषि आम्दानीमा पनि कर लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ११ : १० बजे