नयाँ दिल्लीः दुई देशबीचको सम्बन्धमा सुधार आएसँगै भारतले माल्दिभ्समा ठूला पूर्वाधारको लागि आफ्नो सहयोग गर्ने प्रतिबद्धतालाई दोहो¥याएको छ ।
माल्दिभ्सका निर्माण तथा पूर्वाधार मन्त्री डा अब्दुल्ला मुथ्थालिब, मालदिभ्सका यातायात तथा नागरिक उड्डयन मन्त्री मोहम्मद अमिन र भारतीय उच्चायुक्त मुनु महावरले हनिमाधु अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको औपचारिक भ्रमण गरेका थिए । भारतीय सहयोग र सहयोगमा निर्माण भएको यस आयोजना करिब ६७ प्रतिशत सम्पन्न भएको छ ।
हनिमाधु अन्तर्राष्ट्रिय विमानस्थल परियोजना भारतीय सहयोगमा निर्माण भईरहेको एउटा ठूलो पूर्वाधार परियोजना हो । यो परियोजनाले सम्पूर्ण उत्तरी क्षेत्रमा परिवर्तनकारी प्रभाव पार्नेछ। यस विमानस्थल निर्माण भएपछि माल्दिभ्समा पर्यटनको संख्यामा वृद्धि हुनुको साथै आर्थिक प्रगति पनि हुने भारतीय उच्चायुक्त महावरले आशा गरेका छन् ।
भारतले माल्दिभ्समा ४७ उच्च प्रभावकारी सामुदायिक विकास परियोजनाहरूमा लगानी गरिरहेको छ । स्कूल बसहरू खरिद गर्नेदेखि लिएर सडक बत्तीहरू स्थापना गर्ने काममा पनि भारतले आर्थिक सहयोग गरेको छ । भारतले सहयोग गरिरहेको सबैभन्दा ठूलो परियोजना ग्रेटर माले कनेक्टिभिटी प्रोजेक्ट हो, जसले राजधानी मालेलाई भिलिङ्गिली, गुल्हिफाल्हु र थिलाफुशी टापुहरूसँग पुल, कोजवे र सडक मार्फत जोड्नेछ। भारतले यस परियोजनाको लागि ४०० मिलियन ऋण र १०० मिलियन अनुदान सहयोग गरेको छ ।
प्रतिक्रिया