केन्याद्वारा चिनियाँ ऋण तिर्न वर्षमा १ अर्ब अमेरिकी डलर खर्च



नैरोबी —ऋणको संकटका कारण केन्यामा भईरहेको दंगा बीचमा, केन्याले भर्खरै समाप्त भएको आर्थिक वर्षमा चीनलाई ऋण तिर्न १५२ दशमलव ६९ अर्ब (लगभग एक अर्ब अमेरिकी डलर) बजेटको खर्च गरेको तथ्याङ्क सार्वजनिक छ । केन्याले एक आधुनिक रेलवे र अन्य पूर्वाधार परियोजनाहरू निर्माण गर्न चीनसँग ऋण सहयोग लिएको थियो ।

बेइजिङमा पठाएको नगदमा करिब १०० दशमलव ४७ अर्ब केन्याली रुपैया (७० करोड अमेरिकी डलर) सावाँ र ब्याजको रुपमा ५२ दशमलव २२ अर्ब केईएस (३६ करोड ५५ लाख अमेरिकी डलर) रहेको केन्याली समाचार संस्थाले उल्लेख गरको छ । ।

भुक्तान गरिएको कुल रकमले गत वर्षको जुन २०२३ मा समाप्त भएको १०७ दशमलव ४२ अर्ब केईएसको तुलनामा ४२ दशमलव १४ प्रतिशतले बढेको छ।

द बिजनेस डेलीले उल्लेख गरेको तथ्याङ्कले केन्याले आर्थिक वर्षको सुरुमा बजेटको तुलनामा ४० दशमलव ७६ अर्ब बढी भुक्तान गरेको देखाएको छ ।

पूर्व राष्ट्रपति उहुरु केन्याटाको सरकारले केन्याले आर्थिक गतिविधिलाई बढाउन, रोजगारी सिर्जना गर्न तथा सडक, पुल, पावर प्लान्ट र स्ट्यान्डर्ड गेज रेलवे निर्माण गर्न चीनबाट ठूलो मात्रामा ऋण लिएको थियो।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ११ : ०७ बजे