खुजदार— पाकिस्तानी सेनाले बलुचिस्तानको खुजदार जिल्लामा ‘बलोच राजी मुची’ (बलोच राष्ट्रिय भेला) को लागि पर्चा वितरण अभियानको क्रममा धेरै युवा बलूच महिलाहरूलाई पक्राउ गरेको छ।
बलुच याक्जेहती कमिटी (बीवाईसी)का अनुसार खुजदार सहरको खान्ड रोडमा फ्रन्टियर कर्पस् (एफसी) का जवानहरूले बलुच महिलाहरूलाई पक्राउ गरेका थिए। पक्राउ पर्नेमा जबरजस्ती बेपत्ता पारिएका आसिफ र रशीदकी बहिनी साइरा बलोच र सलमानकी बहिनी सादिया बलोच रहेका छन् ।
बलुच कार्यकर्ता डा महराङ बलोचले पक्राउ गरेकोमा पाकिस्तानी सरकारको निन्दा ग।रेकी छन् ।
पक्राउ परेका साइरा र सादियालाई एफसीको गाडीमा अज्ञात स्थानमा लगिएको स्थानीय स्रोतले जानकारी दिएको छ ।
अधिकारवादी समूह र मानव अधिकारवादी अभियानकर्ताले पक्राउको कडा निन्दा गरेका छन्।
बलुच भ्वाइस फर जस्टिसले पनि सामाजिक सञ्जालमा पक्राउको निन्दा गरेको छ । ‘साइरा बलोच, सादिया बलोच र अन्य महिलालाई एफसीले अवैध रूपमा नियन्त्रणमा राखेका छन् जब उनीहरूले बलुच राष्ट्रिय भेलाको लागि पर्चाहरू वितरण गरिरहेका थिए।’, उक्त संस्थाले उल्लेख गरेको छ ।
बीवाईसीले मानवअधिकार संगठनहरूलाई पक्राउको अवस्थाको तत्काल ध्यानाकर्षण गर्न र पक्राउ परेका ‘महिलाको रिहाइको लागि वकालत गर्न अपील गरेको छ।
प्रतिक्रिया