एडीबीद्वारा भारतमा रूफटप सोलार सिस्टमका लागि २४० दशमलव ५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत



नयाँ दिल्लीः एसियाली विकास बैंक (एडीबी) ले नवीकरणीय ऊर्जा मार्फत ऊर्जा पहुँच विस्तार गर्न भारतमा रूफटप सौर्य प्रणालीको लागि २४० दशमलव ५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ।

एडीबीले यो आर्थिक सहयोगले मल्टिट्रान्च फाइनान्सिङ सुविधा सोलार रुफटप इन्भेस्टमेन्ट प्रोग्रामको २ र ३ किस्ताहरूलाई समर्थन गर्नेछ, जुन २०१६ मा एडीबी द्वारा प्रारम्भिक रूपमा स्वीकृत भएको थियो। ।

‘भारतले कार्बन उत्सर्जन घटाउने विश्वव्यापी प्रतिबद्धता अनुसार २०३० सम्ममा गैर—जीवाश्म ईन्धन ऊर्जा स्रोतहरूबाट लगभग ५० प्रतिशत संचयी विद्युत स्थापना गर्ने लक्ष्य राखेको छ। एडीबी यो सहयोगले भारतीय नागरिकलाई देशभर रूफटप सौर्य प्रणाली स्थापना गर्न प्रोत्साहित गर्नेछ ।

स्वीकृत वित्तिय सहयोग भारतीय स्टेट बैंक र कृषि र ग्रामीण विकास को लागी भारतीय रिर्जब बैँक लाई प्रदान गरिनेछ। यी संस्थाहरूले रुफटप सौर्य प्रणाली स्थापनाको लागि भारतभरका सौर्य उत्पादक र सर्वसाधारणलाई ऋण उपलब्ध गराउनेछन्।

एडीबीले रुफटप सोलार सिस्टम जडान गर्दा समग्र बिजुली वितरण प्रणालीमा महत्वपूर्ण फाइदा हुने बताएको छ । यसले उपभोग भएको ठाउँको नजिकै बिजुली उत्पादन गरेर प्राविधिक र परिचालन भार कम गर्न सक्छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १० : ३२ बजे