नयाँ दिल्लीः चिया र औषधीजन्य वनस्पती लगायत जैविक रूपमा उत्पादित वस्तुहरूको व्यापारलाई सहज बनाउन भारत र ताइवान बीचको सम्झौता जुलाई ८ देखि कार्यान्यवयनमा आएको भारतको वाणिज्य मन्त्रालयले जनएको छ ।
पारस्परिक मान्यता सम्झौता अनुसार दोहोरो प्रमाणीकरणलाई बेवास्ता गरी जैविक उत्पादनहरूको निर्यातलाई सहज बनाउनेछ, जसले गर्दा अनुपालन लागत घटाउनेछ । दुबै देशले एउटै नियमको पालना गरेर अनुपालन आवश्यकताहरूलाई सरल बनाउँनुको साथै जैविक क्षेत्रमा व्यापार अवसरहरू बढाउने विश्वास लिएका छन् ।
यो सम्झौताले प्रमुख भारतीय जैविक उत्पादनहरू जस्तै चामल, प्रशोधित खाना, र हर्बल चिया, औषधीय वनस्पति उत्पादनहरू ताइवानमा निर्यात गर्न मार्ग प्रशस्त गर्ने बताएको छ।
सम्झौता अन्तर्गत, जैविक उत्पादनका लागि राष्ट्रिय कार्यक्रम अनुरूप जैविक रूपमा उत्पादनमा इण्डिया अर्गानिक लोगो सहित ताइवानमा बिक्रीको लागि खुला गरिएको छ ।
त्यस्तै गरी, जैविक कृषि प्रवर्द्धन ऐन अनुरूप जैविक रूपमा उत्पादन गरिएका कृषि उत्पादनहरू र ताइवानको नियमन अन्तर्गत मान्यता प्राप्त प्रमाणीकरण निकायद्वारा प्रमाणिकरण गरिएका वस्तुको बिक्रीको लागि अनुमति दिइएको छ।
प्रतिक्रिया