नयाँ दिल्ली— भारतका केन्द्रीय मन्त्री हरदीप सिंह पुरीले भारतले ऊर्जाको अन्वेषण र उत्पादनमा २०३० सम्म कम्तिमा १०० अर्ब लगानी गर्ने बताएका छन् ।
मन्त्री पुरीले दिल्लीको भारत मण्डपममा ‘उर्जा वार्ता २०२४’ कार्यक्रमलाई सम्बोधन गर्दै भारतमा अन्वेषण र उत्पादन कसरी बढाउने भन्ने बारेमा चिन्तित रहेको बताएका छन् ।
मन्त्रीले भारतले अन्वेषणमा प्रगति भए पनि भारतको २६ वटा उर्जाको बेसिनहरू अझै पनि खोजी हुन बाँकि रहेको बताएका छन् ।
मन्त्रीले भारतले आफ्नो तेल आपूर्तिकर्ता परिवर्तन नगरेको भए तेलको मूल्य धेरै उच्च हुने बताएका छन् ।
अन्वेषणमा वैज्ञानिक प्रविधिको प्रयोगमा मन्त्रीले सरकारले वैज्ञानिक डाटा—संचालित अन्वेषणलाई बढावा दिन धेरै खर्च गरिरहेको छ र नयाँ डाटाको अधिग्रहणमा ७६०० करोड रुपैयाँ लगानी भइरहेको छ।
सन् २०३० सम्ममा भारतको अन्वेषण औसत १० लाख वर्ग किलोमिटरमा पु¥याउने सरकारको योजना रहेको पनि मन्त्रीले बताए ।
प्रतिक्रिया