चिनियाँ विद्यार्थीद्वारा अमेरिकी जासुसी ऐन उल्लङ्घन गरेको स्वीकार



भर्जिनिया— एक चिनियाँ विद्यार्थीलाई अमेरिकाको संघीय अदालतले ड्रोन प्रयोग गरी अमेरिकी सैन्य पूर्वाधारको फोटो खिचेकोमा जासुसीको आरोपमा दोषी ठहर गरेको छ ।

युनिभर्सिटी अफ मिनेसोटाका २६ वर्षीया स्नातक विद्यार्थी शी फेंग्युन हल्का हरियो र खैरो रंगको ज्याकेट र खेलकुद प्यान्ट लगाएर अदालतमा पुगेकी थिइन्।

शीले जासुसी ऐनका दुई प्रावधानहरू अन्तर्गत उल्लङ्घनका छवटा आरोपहरूमध्ये दुईमा दोषी स्वीकार गरेकी छन् । सैन्य प्रतिष्ठानहरूको फोटोग्राफी र राष्ट्रिय रक्षा एयरस्पेसको फोटो खिच्न दर्ता नगरिएका ड्रोनहरूको प्रयोगलाई निषेध गरेको छ। अमेरिकी न्याय विभागले बाँकी चार आरोपहरू खारेज गरेको छ।

शीलाई दुईवटा आरोपमा दुई वर्ष जेल सजाय र प्रति आरोपमा १ लाख अमेरिकी डलर जरिवाना हुन सक्ने बताइएको छ ।

न्यायाधीशले अगस्ट वा सेप्टेम्बरको अन्त्यमा आउन सक्ने उनको सजायको निर्णय गर्न शीको बारेमा अनुसन्धान गर्न आदेश दिएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ८ : ५१ बजे